राष्ट्रिय जनगणना २०७८ : रामेछापबाट सुपरिपेक्षक पदमा दरखास्त दिएकाहरुको नामावली सार्वजनिक (नामावलीसहित)

| बैशाख १२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ वैशाख, रामेछाप । राष्ट्रिय जनगणना २०७८ ले रामेछाप जिल्लाबाट राष्ट्रिय जनगणना २०७८ का लागि सुपरिवेक्षक पदमा दरखास्त दिएकाहरुको नामावली सार्वजनिक गरेको छ । 

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरि फारम भरेका सुपरिवेक्षकहरुको नामावली सार्वजनिक गरेको हो । 

विभागले गत फागुन र चैत्र महिनामा देशैभरीबाट ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लिन आवेदन मागेको थियो । 

राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौं जनगणना हो । नेपालमा वि स १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । बाह्रौं जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने विभागले जनाएको छ ।

रामेछापमा आठवटै स्थानीय तहमा गरि ८५ जनाको सुपरिवेक्षक पदमा नाम सार्वजनिक गरिएको छ । 

नामावाली हेर्नुहोस्