साँघुटारमा काग्रेसले दियो आधुनिक आरणका सामाग्री

| फागुन १०, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

९ फागुन । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको दलित बस्तिमा हाते आरन वितरण गरिएको छ । 

परंम्परागत आरन चलाएर जिविकोपार्जन गर्दै  आएका १५ परिवार दलितहरुलाई नेपाली काँग्रेस रामेछापका सभापति कान्छाराम तामाङ्गको सहयोगमा आधुनिक हाते आरन वितरण गरिएको हो । राष्टिय प्रजातन्त्र दिवशको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रामेछापका उप सभापति लेख बहादुर कार्कीले दलित समुदायका मानिसहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।


सोहि अवसरमा नेपाली काँग्रेसका सभापति कान्छाराम तामाङ्गकै सहयोगमा साँघुटारको लक्ष्मिबासका स्थानीयहरुलाई गाउँमा सामाजिक कार्य गर्न सहज होस् भन्ने उदेश्यले एक सय थान प्लाष्टिकका कुर्चिहरु समेत बितरण गरिएको छ । 

 

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेस रामेछापका उप सभापति लेख बहादुर कार्कीले आफ्नो पार्टीले गाउँ गाउँमा कुनै पनि राजनैतिक पुर्वाग्रह नराखि सामाजिक कामलाई निरन्तरता दिएको बताए । 

 

 नेपाली काँग्रेसका सभापति कान्छाराम तामाङ्गले यस भन्दा अगाडि पनि जिल्लाका विभिन्न गाउँहरुमा एम्बुलेन्स वितरण  लगायतका समाजिक कार्यहरु गर्दै आउनु भएको छ ।