सभापति श्रेष्ठ भन्छन–‘कम्युनिष्टले गरेका भ्रष्टचार जनतालाई बुझाउनु पर्छ हामी चुनाव जित्छौं’ (भिडिओ)

| फागुन ११, २०७८ बुधबार

A A A
A A A

११ फागुन, रामेछाप । नेपाली कांग्रेस रामेछाप क्षेत्र नं २ ‘ख’ का क्षेत्रिय सभापति राजेशकुमार श्रेष्ठले कम्युनिष्टले गरेका भ्रष्टचार जनतालाई बुझाउनु सके अब कांग्रेसले चुनाव जित्ने बताएका छन् । उनले भने –कम्युनिष्टहरुले विकासको नाममा भ्रष्टचार मात्रै गरेका छन् यो कुरा हामीले जनतालाई बुझाउनु पर्छ हामी चुनाव जित्छौं ।’


आफ्नो क्षेत्रमा कांग्रेसले आउँदो चुनाव कुनै हालतमा जित्ने उनको जिकिर छ । उनले भने ‘हामी निर्वाचित भएर आएपछि गाल्वामा कार्यालय स्थापनसहित तीन वटा बैठक बस्यौं । कार्यसमितिले पूर्णता पायो । अब निर्वाचनमा केन्द्रित हुदैछौ । हामी जसरी पनि जित्छौं ।’

 

रामेछाप टाइम्ससँग ‘निर्वाचन विशेष’ कुराकानी पत्रकार मिलन घिमिरे (बिक) संग बोल्दै उनले आउदो फागुन २० गतेदेखि चैत्र २० गते एक महिनासम्म चुनावी अभियानमा हिड्ने तयारी भएको बताए ।

 

उनले केन्द्रको अभियान ‘घर–घर जाउँ कांग्रेस जिताउ’ भन्ने नाराका साथ जनताको घर जाने अभियान सुरु हुने जानकारी गराए । पछिल्लो समय कांग्रेस प्रति जनलहर छाएको उनकोे दाबी छ ।सभापति श्रेष्ठले केन्द्रको नीति तथा कार्यक्रमलाई जनताको घरदैलोमा लानको लागि आफूहरु तयारी रहेको बताए । उनले यो ५ वर्ष कम्युनिष्टहरुले गाउँ–गाउँमा ज्याजती मच्याएका भन्दै ती ज्याजतीलाई जनतामाझ बुझाउन आफूहरु लागि पर्ने बताए ।

 

कांग्रेस विकास र निर्माणको पक्षमा रहेको भन्दै भ्रष्टचारलाई शून्यमा झार्नु पर्नेमा जोड् दिए । हरेक स्थानीय तहमा ठूला–ठूला बजेट परे पनि भ्रष्टचार मात्रै बढेको भन्दै त्यसलाई रोकेर जनताले अनुभूति गर्ने गरि काम गर्ने बताए ।

उनले कांग्रेसले अब चाँडै कार्यकर्ताहरुलाई समेत समेट्ने गरि प्रशिक्षण गर्ने  तयारी रहेको जानकारी गराए ।