‘जनताले आभाष गर्ने गरि काम गर्छु’–डिएसपी थिङ (भिडिओ)

| फागुन ११, २०७८ बुधबार

A A A
A A A

११ फागुन,रामेछाप । रामेछापका प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ्ले जनताले आभाष गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

कानून र संविधानले व्यवस्था गरे अनुसार जनताको हितमा काम गर्ने उनको भनाई छ । जिल्लामा आएपछि पहिलो पटक पत्रकारहरुसंग बुधबार आज औपचारीक भेटघाट गर्दै (डिएसपी) थिङ्ले निष्पक्ष तरिकाले काम गर्ने प्रतिबद्धता जनाए ।

 

उनले जिल्लाको शान्तिसुरक्षा बारे चासो व्यक्त गर्दै काम गर्ने क्रममा सबैसंग समन्वय गर्ने बताए ।

 

स्थानीय सरकारहरुसंग समन्वय गरेर जिल्लाका विभिन्न स्थानीय तहमा जनचेनता मूलक कार्यक्रमसंगै शान्ति स्थापनाको लागि काम गर्ने उनको भनाई छ ।