तामाकोशी नदीमा भेटिएको शवको पहिचानः श्रीमानले शव बुझे

| फागुन १४, २०७८ शनिबार

तामाकोशी नदीमा भेटिएको शव ।
A A A
A A A

१४ फागुन, रामेछाप । तामाकोशी नदीमा भेटिएको महिलाको शवको पहिचान भै उनको आफन्तालाई जिम्मा लगाइएको छ ।

 

शव गत बुधबार मन्थली नगरपालिका वडा नं २ एक्लेवार स्थित् तामाकोशी नदीकोबीच भागमा घोप्टो परेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी निरिक्षको कमाण्डमा खटिएको टोलीले फेला परेको थियो । 


सो शवलाई मन्थली अस्पतालमा पुर्याएर राखेपछि खोज अनुसन्धान् गर्दा जिल्लाको लिखु तामाकोशी गाउँपालिका-७ तिल्पुङका नरबहादुर तामाङको श्रीमती रहेको खुलेपछि उनको जिम्मा लगाइएको रामेछाप प्रहरीले जनाएको हो । शवको पोष्टमाट्म गरिएको थियो । 

 

३८ वर्षीय निमाडोल्मा तामाङ रहेको पुष्टि भएपछि मृतकको दाई निरबहादुर तामाङले पहिचान गरेका थिए । उनको शव  गत बिहिबार उनको परिवारलाई जिम्मा लगाएको रामेछाप प्रहरीका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।