चनखुमा दुई दर्जन एमाले र माओवादीका कार्यकर्ता एकिकृत समाजवादी प्रवेश

| फागुन १४, २०७८ शनिबार

A A A
A A A

१४ फागुन, रामेछाप । मन्थली नगरपालिका वडा नं १४ चनखुमा दुई दर्जन विभिन्न पार्टी परित्याग गर्दै नेपाल कम्युनिष्ट (एकिकृत समाजवादी) पार्टी (एस) प्रवेश गरेका छन् ।

 

पार्टी प्रवेश गर्नेमा नेकपा एमाले र माओवादी केन्द्र लगाएतका दलका कार्यकर्ता रहेको एकिकृत समाजवादी रामेछापका अध्यक्ष रमेशकुमार बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार आज वडाको कमिटीको बैठक बसेको थियो सोही अवसरमा केसर थापामगर, चोकबहादुर बोहोरा,धुर्ब खत्री,तकबहादुर आले,दुर्गाबहादुर भण्डारी, ज्ञानकुमारी मगर,देबीबहादुर बोहोरा,चन्द्र बोहोरा,बद्री बोहोरा,हेम बहादुर खड्का,कुमार थापामगर,पूर्णबहादुर बोहोरा,शम्भु आले मगर,जहानसिङ आले,चन्डेश्वोर श्रेष्ठ, मेघबहादुर कार्की र कुमार श्रेष्ठ रहेको बताए ।

 

उनीहरुलाई जिल्ला अध्यक्ष बस्नेतले पार्टीमा प्रवेश स्वागत गरेका थिए ।