दुर्घटनामा बेपत्ता माझी मृत अवस्थामा भेटिए

| फागुन २२, २०७८ आइतबार

दुर्घटनामा ज्यान गुमाउने माझी ।
A A A
A A A

२२ फागुन, रामेछाप । ट्याक्टर दुर्घटनामा परेका सरोज माझी मृत अवस्थामा भेटिएका छन् । 

 

आज दिउसो मन्थली एर्पोट नजिकै तामाकोशी नदीमा ट्याक्टर खस्दा सोही ट्याक्टरका चालक बेपत्ता भएका थिए ।

 

केही बरे अगाडि प्रहरीको टोलीले खोजी गर्दा मन्थली नगरपालिका वडा नं १ करम्बोटका माझी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 

 

दुर्घटनामा घाइते सहचालक रमेश माझीको भने मन्थली अस्पतालमा उपचार जारी छ ।