आज एकैदिन ३ हजारबढीमा कोरोना संक्रमण पुष्टि

| बैशाख १२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार एक सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

 

९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जना र ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ३ हजार १२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । 


आज सङ्क्रमितमध्ये १ हजार ४९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।  

२४ घण्टामा ४५० जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेको छ ।

२४ घण्टामा २८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १६४ पुगेको छ ।