रामेछाप भंगेरीमा मादक पदार्थ सेवन गरि श्रीमानले श्रीमतीको ज्यान लिने प्रयास

| फागुन २३, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२३ फागुन, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा एक श्रीमानले आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् । खुकुरीबाट दुबै जना घाइते भएका छन् । 

 

खुकुरी प्रहार गर्ने ३७ वर्षीय प्रकाश श्रेष्ठ हुन् । उनले २८ वर्षीय श्रीमती नम्रता श्रेष्ठमाथि खुकुरी प्रहार गरेको रामेछाप डाँडा प्रहरीले जानकारी दिएको छ । 

 

श्रेष्ठले मादक पदार्थ सेवान् गरेको बताइएको छ । गएराति मादक पदार्थ सेवान् गरेर घरयासी विवाद सुरु भएको र श्रीमतीलाई एक्कसी घाँटी रेट्न खोजेको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ । श्रीमानले खुकुरी प्रहार गरेपछि श्रीमत भागेर बाँचेकी छन् ।

 

भने श्रीमती भागेपछि श्रेष्ठले आफ्नै घाँटी रेट्ने प्रयास गरेको प्रहरी स्रोतले जानकारी दियो । 

 

खुकुरी प्रहारबाट घाँटीमा चोट् लागेका दुबै जनाको जिल्ला अस्पताल रामेछापमा उपचार भैरहेको छ । अस्पतालका अनुसार अहिले दुबैको अवस्था सामान्य रेहको छ ।