‘रामेछापमा एकिकृत समाजवादीलाई एक नम्बरको पार्टी बनाउनुस्’–नेपाल

| फागुन २४, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२४ फागुन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी एस) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई रामेछापमा एक नम्बरको पार्टी बनाउन निर्देशन दिएका छन् ।

 

उनले भने ‘आउदो निर्वाचनमा हामी अरु पार्टीहरुसंग तालमेर गरेर जान्छौं । र, हामीले ठूलो सफलता हात पार्छौं । त्यसको लागि रामेछापमा तपाईहरुले पालिका पालिका, टोल, वडामा कमिटी विस्तार गर्न लाग्नुस् ।’

 

निर्वाचनलाई ‘फोकस्’ गरेर काम गर्नुहोस् । रामेछापमा एसलाई एक नम्बरको बनाउनुहोस् भने । 


रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरि एस प्रवेश गरेका दुई दर्जन युवाहरुलाई पार्टी प्रवेश गराउदै उनले यस्तो निर्देशन दिएका हुन् । 

 

जिल्लाका विभिन्न वडाहरुबाट करिब दुई दर्जन युवाहरुलाई उनले काठमाडौंमा पार्टीमा स्वागत गरेका छन् ।