सुनको भाउले बनायो नयाँ रेकर्ड, पुग्यो तोलाको एक लाख ५ हजार ५ सय

| फागुन २५, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२५ फागुन, रामेछाप । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज बुधबार नेपालमा सुन तोलाको एक लाख पाँच हजार पाँच सय पुगेको हो । यो भाउ अजै बढ्न सक्ने दाबी गरिएको छ । युक्रेन र रुसको युद्दको प्रभाव  विश्व बजारमा परेसंगै सुन बजारमा ठूलो प्रभाव देखिएको हो । 

 

आज एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायीसंगले जनाएको छ । 

हिजो सुन तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । यसअगाडि कोरोना महामारीको बेला भएको लकडाउनको समयमा सुन तोलाको एक १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म झरेको थियो । 

 

बुधबार चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज १४ सय ५० रुपैयाँ पुगेको छ । रुस र युक्रेनको  युद्धका कारण विश्व बजारमा सुनसँगै, पेट्रोलियम पदार्थ, ग्यास र खानेतेलको भाउ महंगीदै गएको छ ।
 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार
रामेछाप टाइम्स
| साउन १, २०७८ शुक्रबार