सुपर लिगमा विराटनगरले धनगढीलाई हरायो

| बैशाख १२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ वैशाख, काठमाण्डौ । नेपाल सुपर लिग फुटबलमा विराटनगर सिटीले धनगढी एफसीलाई हराएको छ । 

दशरथ रङ्गशालामा आइतवार भएको पहिलो खेलमा विराटनगरले धनगढीलाई तीन–शून्यलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

विराटनगरका विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एकरएक गोल गरे । विराटनगरले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो ।

धनगढीलाई हराउँदै विराटनगरले तीन अङ्क जोडेको छ । 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार