रामेछापबाट एमाले त्यागेका झम्क कंडेल बने एकिकृत समाजवादीको केन्द्रीय सदस्य

| फागुन २६, २०७८ बिहिबार

A A A
A A A

२६ फागुन, रामेछाप । बुधबार नेकपा एमाले परित्याग गर्दै एकिकृत समाजवादी पार्टी (एस) प्रवेश गरेका झम्क कंडेल एकिकृत समाजवादी पार्टीको कन्द्रिय सदस्यमा नियुक्त भएका छन् । 

 

बिहिबार बसेको (एस) पार्टीको  तेस्रो केन्द्रीय पुर्ण बैठकले कंडेललाई केन्द्रिय सदस्यमा मनोनित् गरेको हो । 

 

उनी बुधबार मात्रै एमालेभित्र बिद्रोह गर्दै (एस) मा गएको एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका थिए । उनलाई अध्यक्ष माधव कुमार नेपालले बिहिबारै सपथ समेत खुवाएका छन् । 

तस्विर होम बुढाथोकी ।