कांग्रेस केन्द्रीय सदस्य काफ्ले भोली रामेछाप आउदैः कांग्रेसले प्रशिक्षणमा डाक्यो सबै भातृसंस्थाहरुलाई

| फागुन २७, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२७ फागुन, रामेछाप । ‘घर–घर जाँउ,कांग्रेसलाई जिताउ’ भन्ने  मूल नारालाई सफल पार्न केन्द्रीय प्रतिनिधिको रुपमा रामेछापमा कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले आउने भएका छन् । 

 

उनी भोली शनिबार जिल्ला आउने क्षेत्र नं २ 'ख' का क्षेत्रिय सभापति राजेशकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार शनिबार काफ्ले जिल्ला आउने र दिउँसो १ बजे पार्टी कार्यालयमा जिल्ला पदाधिकारी, क्षेत्रिय पदाधिकारी, भातृसंस्थाका सम्पूर्ण पदाधिकारीसहितको बैठक बस्ने समेत तय भएको छ । काफ्लेले चुनावी प्रशिक्षण दिने छन् । कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रिय प्रतिनिधि खाउदै छ । 

 

कांग्रेसले यही फागुन २९ गतेदेखि एक महिना चुनावी अभियान स्वरुप जनताको घर घरमा गएर चुनावी प्रचार गर्ने निर्णय तथा निर्देशन् दिइसकेको छ ।

 

दोलखा घर भएका काफ्ले नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीति गरेका गत  १४ औं महाधिवेशनमा केन्द्रिय सदस्य बनेका हुन् । केन्द्रिय सदस्य बनेपछि ३ चोटी रामेछाप आइसकेका काफ्ले औपचारीक कार्यक्रममा भने यो पकट सहभागी हुदै छन् ।