भोलिदेखि हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

| बैशाख १२, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१२ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने  विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।

यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।


यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको स्रोतको भनाइ छ ।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार