एकिकृत समाजवादीको दोरम्बा शैलुंङ् गाउँपालिका अध्यक्षमा ओमबिक्रम तामाङ्

| फागुन २८, २०७८ शनिबार

A A A
A A A

२८ फागुन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी एस) दोरम्बा शैलुङ् गाउँपालिकाको अध्यक्षमा ओमविक्रम तामाङ चयन् भएका छन् । 

 

तामाङ्को अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटी गठन भएको जिल्ला कमिटी उपसचिव दिपक बुढाथोकीले रामेछाप टाइम्सलाई जानकारी  दिए । उनका अनुसार पार्टीको उपाध्यक्षमा कार्साङ लामान र बासु कडेल चयन् भएका छन् । 

 

त्यस्तै सचिवमा सुरोज मोक्तान तामाङ, सह–सचिवमा प्रेमबहादुर थापाले जिम्मेवारी पाएका छन् । 

त्यस्तै तिलक कुमार तामाङ, रविन लामा, राम सुन्दर घिसिङ, विर्वल मोक्तान,भिष्म थापामगर,खुपेन्द्र ढुङ्गेल, प्रसन्न विश्वकर्मा,इसान विश्वकर्मा, विपिन महते,ह्याङल्याङ थामी,फूलमाला तामाङ,भोजराज थापा मगर,जितकुमारी खड्का, दुर्गा घिसिङ(तामाङ) सदस्य बनेका छन् । 

 


पार्टीका केन्द्रीय पोलिट् ब्यूरो सदस्य देवशंकर पौडेलसहितको उपस्थितिमा होम बुढाथोकी र केन्द्रिय झम्क कडेल पनि सहभागि बनेका थिए ।