तरुण दल देउरालीद्वरा आयोजित् वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधि रातमाटा मगर समाजको पोल्टोमा

| फागुन २९, २०७८ आइतबार

A A A
A A A

२९ फागुन, रामेछाप  । नेपाल तरुण दल रामेछापको रामेछाप नगरपालिका वडा नं २ ईकाइद्वरा आयोजित् दुई दिने भलिबल प्रतियोगिताको उपाधि रातमाटा मगर समाजले उचालेको छ । 

 

गत शुक्रबार र शनिबार भएको खेलमा समाजले प्रथम हुदै नगद ५० हजार रुपैयाँ पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र हाँसिल् गरेको हो । 

 

त्यस्तै द्वितिय हुने लाम्टे मगर समाज देउरालीले नगद ३० हजार रुपैयाँसहित शिल्ड,मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । भने तृतिय रामपुरले नगद २० हजार मेडल प्राप्त गरेको छ । 

 

९ टिम सहभागी वडा स्तरिय प्रतियोगिताको नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले उत्घाटन् गरेका थिए । रुपमा आयोजना गरेको नेपाल विद्यार्थी संघका नेता सजोर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

मिलन घिमिरे
| चैत १०, २०७८ बिहिबार