गौश्वरामा माओवादीका पूर्ववडा अध्यक्ष, पदाधिकारी र माओवादी सम्पर्क मञ्चका उपसचिवसहित १२९ जना कांग्रेस प्रवेश

| चैत २, २०७८ बुधबार

A A A
A A A

२ चैत, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ४ गौश्वारामा नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्व वडा अध्यक्ष र दोरम्बा शैलुङ् गाउँपालिका–काठमाडौं सम्पर्क मञ्चका उप–सचिवसहित ठूलो संख्यामा कांग्रेस प्रवेश गरेका छन् । 

 

मंगलबार गौश्वरामा भएको पार्टी प्रवेश तथा वडा पार्टी कार्यालय उत्घाटन कार्यक्रममा एक सय २९ जना कांग्रेस प्रवेश गरेको कांग्रेस वडा इकाई सचिव सुनिल नगरकोटीले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार प्रवेश गर्नेमा एमालेका पूर्व वडा अध्यक्ष टोकरसिंह तामाङ्, एमालेकै पालिका-काठमाडौं सम्पर्क मञ्चका उपसचिव खड्कबहादुर मगर, एमालेका वरिष्ठ सल्लाहकार प्रेमबाहदुर नगरकोटी, मिलन नगकोटी, माओवादीका युवा नेता विज्ञान श्रेष्ठ, नरबहादुर थापामगर र डोरबहादुर थापामगरसहित ठूलो संख्यामा कांग्रेसमा आएको सचिव नगरकोटीले जानकारी दिए ।