घरभित्र पसेर दही चोरेर खाएको भन्दै बालिकालाई यातना दिने श्रेष्ठलाई शरिरबन्धक मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान सुरु

| चैत २, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२ चैत, रामेछाप । सानो जातको मानिस भएर आफ्नो घरभित्र पसी दही चोरेर खाएको आरोपमा २१ घण्टा बालिकालाई बाँधेर कुट्पिट् गर्ने भोलुवाजोर,जामुनाबोटका शेरबहादुर श्रेष्ठलाई ७ दिनको म्याद थपेर अनुसन्धान सुरु भएको छ । 

 

हिजो मंगलबार उनले मन्थली नगरपालिका वडा नं ६ भलुजवाजोरकी छिमेकी १३ वर्षीय बालिका सरिता नेपालीलाई घरभित्र पसेर दही चोरेर खाएको आरोपमा ४ घण्टा घरको थाममा झुण्ड्याएर राख्नुको साथै १७ घण्टा सिस्नुपानीले लगाएका थिए । 

 

श्रेष्ठले उनकै घरमा डोरीले हात खुट्टा बाँधि राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीको टिलीले भेटेको थियो । प्रहरी घटना स्थलमा पुगेर बालिकालाई बाँधेको नाम्लो खोल्न भनेपछि खोलीएको थियो । 

 

लगत्तै श्रेष्ठलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । पुःन आज बुधबार जिल्ला अदालत रामेछापबाट शरिरबन्धक मुद्दामा दिन ७ (सात)  म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रामेछाप जानकारी दिएको छ ।