चुचुरेमा एमालेका टोल कमिटी अध्यक्ष कांग्रेस प्रवेश गर्दै बने कांग्रेसको टोल कमिटीकै संयोजक

| चैत ३, २०७८ बिहिबार

तस्विर मणिकुमार लामा ।
A A A
A A A

३ चैत्र, रामेछाप । रामेछापको चुचुरेमा नेपाली कांग्रेसको टोल कमिटी गठन सम्पन्न भएको छ । अब चाँडैनै पालिका भित्रको पनि कमिटी गठन सक्ने लक्ष्य रहेको पालिका सभापति मणिकुमार लामाले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

पछिल्लो पटक बुधबार तत्कालिन चुचुरे गाविसको वडा नं ५ इल्छिरेमा कमिटी गठन गरेसंगै पूरै वडा कमिटी गठन सम्पन्न भएको कार्यबाहक सभापति टीकाराम कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेको टोल कमिटी अध्यक्ष बनेका लिलाबहादुर कार्कीलाई कांग्रेस प्रवेश गरेका र उनलाईनै कांग्रेसको टोल कमिटी संयोजकको जिम्मेवारी दिएको हो । कांग्रेस भित्रिएका कार्कीसंगै अन्य ७ जना एमालेका नेताहरु कांग्रेस प्रवेश गरेका हुन् । 

 

वडामा टोल कमिटी गठनलाई प्राथामिकता दिएको वडाले बुधबार एकै दिन वडा नं ८ र ९ मा क्रमशः यज्ञबहादुर खड्का र सञ्जयबहादुर खड्काको संयोजकत्वमा १७ र १५ सदस्यीय कमिटी गठन सकिएको उनले बताए । 

 

कांग्रेस प्रवेश गर्नेहरुको आफ्नो वडामा लहर चलेको पनि कार्कीले बताए ।