७ बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो पूर्ण बैठक रामेछापमा सम्पन्नः यस्तो छ घोषणापत्र ?

| चैत ३, २०७८ बिहिबार

तस्विरः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

३ चैत,रामेछाप । सात बुँदे रामेछाप घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको तेस्रो पूर्ण बैठक रामेछापमा सम्पन्न भएको छ । गत चैत १ र २ गते रामेछापको रामेछाप नगरपालिकाको कार्यालय हलमा बसेको दुई दिने पूर्ण बैठकले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित तथा लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्दै आम सञ्चार क्षेत्रको विकासको लागि छलफल गरेको थियो । 


रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा अन्तरक्रियात्मक कार्यक्रम सहितको बैठकमा प्रदेश भित्रका आमसञ्चार माध्यमको अबस्था, सञ्चारकर्मीको समस्या र यसको समाधानको विषयमा विस्तृतमा छलफल भएको थियो । 


यी हुन् घोषणा पत्रका सात बुँदा ।
१. सरकारले सूचना तथा प्रशारण कानुन मार्फत प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने प्रयास गरेको छ । प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारहरुको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आबश्यक प्रवन्ध गर्दै प्रेस स्वतन्त्रता विरोधी गतिविधि अन्त्य गर्न यो बैठक सम्बन्धीत पक्षको ध्यानाकर्षण गराउँदछ ।


२. श्रमजीवी पत्रकारहरुको पेसागत सुरक्षाको वातावरण सिर्जना गर्न यो वैठक सम्बन्धीत सबै पक्षसँग आग्रह गर्दछ ।


३. कोभिडका कारण आर्थिक संकटमा परेर बन्द हुने अबस्थामा पुगेका स्वरोजगामूलक सञ्चारमाध्यमलाई राहत हुने खालको आर्थिक प्याकेजको व्यवस्था गर्न यो वैठक सरकारसँग माग गर्दछ ।


४. नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आफ्नो भवन बनाउने अभियान सुरु गरेको छ । यसका लागि जग्गा प्राप्ति र भवन निर्माणका लागि आबश्यक सहयोग पु¥याउन प्रदेश सरकार र हेटौंडा महानगरपालिकालाई यो वैठक आग्रह गर्दछ ।


५.  स्थानीय सञ्चारमाध्यम प्रवद्र्धनका लागि स्थानीय तहमा उत्पादन हुने बिज्ञापन स्थानीय सञ्चारमाध्यममा नै प्रकाशन प्रशारण गर्नुपर्ने व्यवस्था गर्न यो समिति सरकारसँग माग गर्दछ ।


६. नेपाल पत्रकार महासंघको विधानमा उल्लेख भएको मापदण्ड अनुसारको सदस्यहरुको संस्था बनाउनका लागि सदस्यता शुद्धिकरण अभियान सञ्चालन गर्ने भएकाले यो अभियानमा सहयोग गर्न यो बैठक सबै जिल्ला शाखाहरुलाई आग्रह गर्दछ ।


७. ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको रामेछाप नगरपालिकासहित सिंगो जिल्लाको पर्यटन प्रवद्र्धनका लागि आवश्यक गुरु योजना निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यो बैठक प्रदेश र संघीय सरकारसँथ माग गर्दछ ।