स्थानीय निर्वाचनः आचारसंहितामा कडाई,चुनाव प्रचारप्रसार बिहान ८ देखि साँझ ७ बजेसम्म मात्रै गर्न पाउने (यी काम गर्न पाइने छैन)

| चैत ४, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

४ चैत, रामेछाप । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवारले पालना गर्नु पर्ने आचारसंहिता सार्वजनिक गरेको छ । विगतको निर्वाचन भन्दा यो पटकको निर्वाचनमा आचारसंहिता थप कडाई गरिएको आयोगले जारी गरेको पत्रमा उल्लेख छ  ।


आयोगका अनुसार अब हरेक पार्टीले आफ्नो कार्यालय बाहेकका स्थानमा डिजिटल बोर्ड, फ्लेक्स र ग्लोसाइन बोर्ड राखेर प्रचारप्रसार गर्न नपाउने भएका छन् । साथै स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गर्न नहुने, कार्यक्रम गर्नु भन्दा ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको बिहिबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । 

 

त्यस्तै जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने भनिएको छ । 


त्यस्तै निर्वाचन प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाउने छन् । आयोगले केही दिन अगाडि निर्वाचनमा उम्मेद्वरले गर्न पाउने खर्च पनि तोके छ । जुन बैंकिक प्रणालीमार्फत गर्नु पर्ने छ । 

पूर्णपाठ हेर्नुहोस्