प्रधानमन्त्री देउवा आज रामेछाप आउदै

| चैत ५, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

५ चैत, रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवा आज रामेछापको मन्थली आउने भएका छन् । उनी मन्थली नगरपालिका वडा नं १३ फुलासीको देवीटारमा निर्माण सम्पन्न भएको देशकै ठूलो जलविद्युत् सबस्टेसन उत्घाटन् गर्ने आउने भएका हुन् । 

 

उनी शनिबार आज बिहान ९ बजे यहाँ आइपुग्ने तयारी पूरा भएको  नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार जिल्ला कार्यसमिति रामेछापले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको स्वागतको लागि उद्घाटन स्थलमा सभापति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’ सहितको टोली पुग्ने जानकारी दिए । त्यसको लागि सबै तयारी पूरा भएको उनको भनाई छ । 

 

प्रधानमन्त्री  देउवाले त्यहाँ देशकै ठूलो न्यू खिम्ती सबस्टेसनको उत्घाटन् गरि अपरतामाकोशी प्रस्तान गर्ने बताइएको छ ।