प्रधानमन्त्री देउवालाई रामेछापको देवीटारमा भव्य स्वागत (फोटोफिचर)

५ चैत, रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवा रामेछापको देवीटार आइपुगेका छन् । उनको नेपाली कांग्रेस रामेछापले भव्य स्वागत गरेको छ।
केहीबेर अगाडि कांग्रेस सभापति समेत रहेका देउवा निर्माण सम्पन् भएको न्यू खिम्ती सबस्टेसन उत्घाटन गर्न आइपुगेका हुन् । उनलाई कांग्रेस रामेछापले पञ्चेबाजसहित स्वागत गरेका छन्।
मन्थली नगरपालिका वडा नं १३ फुलासीको देवीटारमा भव्य कार्यक्रमकाबीच केही बेरमा प्रधानमन्त्री देउवाले सबस्टेसनको उत्घाटन गर्दै छन् । उनी त्यहाँबाट अपर तामाकोशी जाने बताइएको छ ।
तस्विर हेर्नुहोस् स्रोत गोबिन्द परियार ।