प्रधानमन्त्री देउवाद्वरा देशकै ठूलो ‘न्यूखिम्ती’ सबस्टेशनको उत्घाटन्

| चैत ५, २०७८ शनिबार

तस्विर गोविन्द परियार ।
A A A
A A A

५ चैत,रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाद्वरा देशकै ठूलो जलविद्युत आयोजनाको सबस्टेशनको उत्घाटन भएको छ । आज शनिबार रामेछापको देवीटारमा निर्माण सम्पन् भएको न्यूखिम्ती सबस्टेशनको कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले उत्घाटन् गरेका हुन् ।

 

प्रधानमन्त्री देउवासंगै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ्सहितको उपस्थितिमा मन्थली नगरपालिका वडा १३ फुलासीको देवीटारमा बनेको सबस्टेशनको औपचारीक उत्घाटन भएको गरिएको हो।