कांग्रेस प्रदेश ‘क’ले निर्वाचन केन्द्रित पालिका स्तरिय प्रतिनिधि  तोक्यो, को-को (नामावली)

| चैत ५, २०७८ शनिबार

A A A
A A A

५ चैत, रामेछाप । नेपाली कांग्रेस रामेछाप प्रदेश ‘क’ ले निर्वाचन् केन्द्रित गतिविधिलाई तिब्र पार्दै स्थानीय तह विशेष प्रतिनिधि तथा जिम्मेवारी तोकेको छ ।

 

शनिबार बसेको पदाधिकारी बैठकले आसन्न निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहमा चुनाव सफल पार्न जिम्मेवारी तोकेको प्रवक्ता कृष्णदाश सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार मन्थली नगरपालिकासहित सबै स्थानीय तहमा पदाधिकारी तोकेर कार्यविभाजन गरेको हो। 

प्रदेश समितिले पार्टीको निर्देशनलाई कार्यान्वय गर्दै ‘‘घर–घर जाउँ कांग्रेस जिताउ’’ अभियानलाई पूर्ण लागू गर्ने तयारीमा जुटेको उनको भनाई छ। 

को-को ले पाए पालिकाको निर्वाचन सफल पार्ने जिम्मा
मन्थली नगरपालिका –राज कुमार के.सी‍ (सचिव)
रामेछाप नगरपालिका – पुर्णबहादुर मगर (उपसभापति) 
लिखु तामाकोशी गाउँपालिका–केशब महत (सदस्य)
उमाकुण्ड गाउँपालिका–सरोज कुमार सुनुवार (सहसचिव‌) 
गोकुलगंगा गाउँपालिका–मुरारी घिमिरे (उपसभापति) 

त्यस्तै बैठकले १४ औं अधिवेशनबाट निर्वाचित प्रदेश कार्यसमिलाई पूर्णता दिने पनि निर्णय गरेको उनले बताए । 


उनका अनुसार सभापतिले मनोनयन गर्न बाँकि रहेको क्षेत्रिय प्रतिनिधिमा सुर्य श्रेष्ठ (लिखु तामाकोशी गाउँपालिका),प्रदिप रोका ‍(मन्थाली नगरपालिका), अपनाकुमारी श्रेष्ठ (रामेछाप नगरपालिका) लाई मनोनित् गरिएको छ। 

 

त्यस्तै अम्बरबहादुर सुनुवार (रामेछाप नगरपालिकालाई आमन्त्रित सदस्यमा मनोनित् गरिएको उनले बताए । 

 

त्यस्तै निर्मल मगर (लिखुतामाकोशी गाउँपालिका), धिरेन्द्रकुमार खड्का (गोकुलगंगा गाउँपालिका), दिपक कार्की (गोकुलगङ्गा गाउँपालिका)लाई क्षेत्रीय प्रतिनिधिमा मनोनित् गरिएको हो ।