आज मन्त्रिपरिषद् बैठक बस्दै : कोरोना रोकथाम र नियन्त्रणबारे आवश्यक निर्णय गर्ने तयारी

| बैशाख १३, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१३ वैशाख, काठमाडौं । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि आजको बैठक केन्द्रीत हुने र यसबारे केही निर्णय गर्नसक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

 

हिजो बसेको कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले कम्तीमा तीन हप्ता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार