लिखु तामाकोशीमा कांग्रेसको बैठकः दुई दर्जन बढी प्रवेश, चुनावी प्रशिक्षणसंगै

| चैत ६, २०७८ आइतबार

A A A
A A A

६ चैत,रामेछाप । लिखु तामाकोशी गाउँपालिकामा दुई दर्जन बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

 

आइतबार आज बसेको जिल्ला कार्यासमितिको बैठकको अवसरमा पालिकाभित्रका विभिन्न वडाहरुबाट भूपुआर्मी, प्रहरीलगाएतका स्थानीयहरु कांग्रेसमा आएको वडा अध्यक्ष समेत रहेका कांग्रेस नेता पदम तामाङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार ३०  जना प्रवेश गरेका छन् । 

 

कांग्रेसले छुट्टाछुटै स्थानीय तहमा पदाधिकारी बैठक राख्ने नीति अनुसार आज लिखु तामाकोशीमा पूर्ण बैठक बसेको थियो । जहाँ कांग्रेस केन्द्रिय सदस्य एवं स्थानीय निर्वाचनको लागि केन्द्रिय प्रतिनिधि कुन्दनराज काफ्लेको समेत सहभागिता रहेको थियो ।

 

काफ्ले सहित जिल्ला सभापति पूर्णबहादुर तामाङ् 'कान्छाराम' सहितका नेताहरुले चुनावी प्रशिक्षणसहित घर घर जाउँ कांग्रेस जिताउ अभियानलकाई प्राथमिकता दिदै नवप्रवेशीहरुलाई स्वागत गरे ।