गिरिजाले देखेको सपना पूरा गर्न अब कांग्रेसले सबै तहको चुनाव जित्नु पर्छ,देशलाई सहि मार्ग दिनु पर्छ-अध्यक्ष खड्का

| चैत ८, २०७८ मंगलबार

A A A
A A A

८ चैत, रामेछाप । गिरिजा प्रसाद् कोईराला फाउन्डेशन रामेछापका अध्यक्ष दीपक खड्काले गिरिजाले देखेको सपना पूरा गर्न अब तीनै तहको चुनाव कांग्रेसले जित्नु पर्ने बताएका छन् । कांग्रेस ईतिहास बलियो भएको पार्टी भएको स्पष्ट पार्दै कांग्रेस बाहेक अरुले देशलाई सहि मार्गमा हिडाउन नसक्दा पूर्खाले देखेको सपना अपूरा भएको उनको भनाई छ ।


सोमबार स्वर्गीय पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोईरालको १२ औं स्मृति दिवसको अवसरमा प्रजातान्त्रिक आन्दोलनकी योद्धा गणेशकुमारी भट्टराईलाई सम्मानपत्र प्रदान गर्न भट्टराईको घरमा पुगेर बोल्दै उनले यस्तो बताएका हुन् । 

 

नेपाली कांग्रेस रामेछापका सचिव समेत रहेका खड्काले स्वर्गीय कोईरालाको चर्चा गर्दै शान्ति र लोकतन्त्रलाई संस्थागत गर्नको लागि आसन्न निर्वाचन कुनै पनि हालतमा कांग्रेसले जित्नु पर्ने दोहोर्याए । 


प्रजातन्त्रको बाटो साकार पार्नको लागि आसन्न निर्वाचन कांग्रेसले जित्नुको विकल्प छैन खड्काले भने । साथै फाउन्डेशनले पनि सोही अनुसार आफ्ना गतिविधि अगाडि बढाएको जानकारी गराउदै पार्टीका सबै संघसंगठन एक जुटभएर चुनावमा केन्द्रित हुन आग्रह गरे ।