गाहामगरले समाले जिल्ला खेलकुद विकास समितिको कार्यभार
 
                    
                ८ चैत,रामेछाप । जिल्ला खेलकुद विकास समिति रामेछापको अध्यक्षमा नियुक्त भएका सरोज गाहा मगरले मंगलबार आज कार्यालयमा पुगेर पदभार समालेका छन् ।
उनलाई गत फागुन २३ गते प्रदेश खेलकुद विकास परिषदले दुई वर्षे कार्यकालको लागि जिल्ला खेलकुद विकास समितिमा नियुक्त गरेको थियो ।
 
                                    
 
                         
                         
                         
                         
                         
                        