कांग्रेस रामेछाप आजदेखि जनताको घर-घरमा (फोटोफिचर)

९ चैत, रामेछाप । नेपाली कांग्रेस रामेछाप आज बुधबारदेखि जनताको घर दैलोमा पुग्ने थालेको छ। ‘घर घर जाउँ, कांग्रेस जिताउ’अभियान अन्तरगत आजदेखि कांग्रेस रामेछापका केन्द्रिय, जिल्ला, क्षेत्रिय प्रतिनिधिसहित, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधि, पदाधिकारीको टोली गाउँ, घर, टोलमा पुगेको हो ।
सोही अनुसार आज कांग्रेस रामेछापका नेताहरु ६४ वटै वडामा पुगेका छन् ।
यसैबीच प्रवक्ता नारायनबहादुर बोगटीले कांग्रेस आजबाट जनताको घर-घर पुगेर कांग्रेसको महत्व बुझाउन लागेको र आउँदो निर्वाचनमा कांग्रेसलाई भोट दिनु पर्ने कारण, एमसीसीमाथि कम्युनिष्ट पार्टीले फिजाएको भ्रमलाई वास्तविकता बुझान केन्द्रित रहेको रामेछाप टाइम्सलाई जानकारी दिए ।
यो पहिलो चरणको अभियान रहेको भन्दै आउदो २९ गतेसम्म जारी रहने बताए ।
यसैबीच सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको टिमले वडा नं १४ फुसालीबाट औपचारिक रुपमा जनताको घरमा पुगेको स्ववियु सचिव समेत रहेका नेविसंघका नेता विमल पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उता उमाकुण्डमा पार्टी प्रवक्तासहितको टिम खटिएको र घर घर पुगेर अभियान थालेको प्रवक्ता बोगटीले जानकारी दिए ।
फोटो हेर्नुहोस्