खोलामा डुबेर ६ बर्षीया बालिकाको मृत्यु

| बैशाख १३, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

वैशाख 
सोलुखुम्बु । खोलामा डुबेर सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुमा एक बालिकाको ज्यान गएको छ । हिजो जुबुकै दाम्ली खोलामा डुब्दा स्थानीय ६ बर्षीया जेनिसा विश्वकर्माको ज्यान गएको आफन्त गोविन्द विश्वकर्माले जानकारी दिए । 

उनका अनुसार स्कुलबाट आएर साथीसँग खेल्न गएकी जेनिसाको चिप्लिएर खोलामा खस्दा घटनास्थलमै मृत्यु भएको हो ।

 

मृतक बालिकाको शव सोमबार जिल्ला अस्पताल फाप्लुमा पोष्ट मार्टम गरि आफन्तलाई बुझाइएको जिल्ला प्रहरीक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी ऋषीराज ढकालले जानकारी दिए ।