ललितपुरका सुरज खड्कालाई खुकुरी प्रहार गरी फरार भएका रामेछापका दुई जनासहित ५ जना पक्राउ

| चैत १०, २०७८ बिहिबार

A A A
A A A

१० चैत, रामेछाप । आर्थिक कारोबार तथा ‘मायँप्रेम’ सम्बन्धी विवादमा एक युवकमाथि खुकुरी प्रहार गरि फरार भएका रामेछापका दुईसहित ५ जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरुमा रामेछाप मन्थली घरभइ जडिबुटी बस्दै आएका १९ वर्षीय राजेश बुढाथोकी, खाँडादेवी गाउँपालिका घरभई जडीबुटी बस्दै आएका २७ वर्षीय सञ्जिव मोक्तान छन् ।

 

त्यस्तै दोलखाको नाम्दुका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर थिमिका २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक बतासे घरभई भक्तपुर राधेराधे बस्दै आएका २३ वर्षीय प्रविण नेपाल हुन् ।

उनीहरुले ललितपुरको महालक्ष्मीका २५ वर्षीय सुरज खड्कालाई शंखमूलमा खुकुरी प्रहार गरी घाइते बनाएर फरार भएको प्रहरीले जनाएको छ । घाइते खड्काको ट्रामा सेन्टरमा उपचार भइरहेको छ ।

 

महाशाखाको विशेष अनुसन्धान टोलीले घटनामा संलग्न राजेश बुढाथोकीसहित ५ जनालाई खुकुरी र मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोईरालाले बताए ।

 

उनीहरुलाई ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको बिहिबार महानगरीय प्रहरी वृत्त बानेश्वर पठाएको महाशाखाले जनाएको छ ।