कांग्रेस र एमालेको चुुनावी अभियान तिब्र, जनतालाई भ्याइ-नभ्याई (फोटोफिचर)

११ चैत, रामेछाप । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी अभियान तिब्र पारेका छन् ।
कांग्रेस जनताको ‘घर–घर पुगेर कांग्रेस जिताउन सक्रिय भएको छ । गत बुधबार देखि घर–घर जाउँ, कांग्रेस जिताउ’ अभियानलाई लिएर कांग्रेस रामेछापका पदाधिकारी, केन्द्रीय प्रतिनिधि, पूर्वपार्टी सभापतिहरु, महाधिवेशन प्रतिनिधि, क्षेत्रिय प्रतिनिधि, पदाधिकारी, वडाइकाई समिति भातृसंस्थाका प्रमुख तथा प्रतिनिधि,नेविसंघ, तरुण दलसहितका सबै टिम जिल्लाका ६४ वटै वडा वडामा पुगेका छन् ।
अहिले कांग्रेस वडा–वडा, टोल–टोलमा कार्यक्रम गरेर एमसीसी माथिको भ्रम, आउँदो निर्वाचनमा कांग्रेसलाई विजयी गराउदाँ हुने फाईदा, कांग्रेस जिताउनुको कारण, आफूहरुले जिते विकास तिब्र पार्ने, भ्रष्टचार मुक्त बाउने, गाउँ, टोलको विकास गर्ने लगाएका काम गर्ने अभियानमा जनतालाई बुझाउन व्यस्त छ ।
त्यस्तै एमाले पनि पार्टी अध्यक्ष आनन्द श्रेष्ठसहित तोकिएका प्रतिनिधिहरु सहित गाउँ–गाउँ पुगेका छन् । गाउँमा दैनिक पार्टीका कार्यक्रम पर्ने थालेका छन् ।
कांग्रेसको यो पहिलो चरणको अभियान आउदो चैत २९ गतेसम्म चल्ने छ । भने एमाले निरन्तर मिति नतोकेरै घर घर पुग्दै छ ।
यसैबीच काग्रेस पार्टी प्रवक्ता नारायण बोगटीको नेतृत्वमा खटिएको उमाकुण्डको टिमले वडा नं १ गुम्देल, २ बाम्ति र वडा नं ३ कुँबुकास्थलीमा कार्यक्रम सम्पन्न गरेको जानकारी प्रवक्ता बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए ।
यता पार्टी उपसभापति लेखबहादुर कार्कीको नेतृत्वमा खटिएको रामेछाप नगरपालिकाले बिहिबार वडा नं ८ का विभिन्न टोल टोल,पुगेको छ । पू्र्व पार्टी सभापति लवश्री न्यौपाने, महाधिवेशन प्रतिनिधि रत्न कार्की, रामेछाप नगरपालिकाकी उपप्रमुख एवं नेतृ सिर्जना खड्का सहितको टोली घर–घर पुगेर प्रचार तिब्र पारेको हो ।
यो बेला जनतालाई भ्याई नभ्याई छ । टोल टोलमा पार्टीहरुका कार्यक्रम तिब्र हुदाँ गाउँमा वैशाख ३० को महोलले महत्व पाएको छ ।
त्यस्तै अन्य एकिकृत समाजवादी पार्टीसहितका दलहरुले पनि निर्वाचन लक्षित कार्यक्रमहरु बढाएका छन्
तस्विरहरु हेर्नुहोस्
कांग्रेस रामेछाप नगरपालिकामा भएको अभियान ।
एमाले विस्तारित बैठक तथा प्रशिक्षण । तस्विर सागरहरि अधिकारी ।
नेपाली कांग्रेसले उमाकुण्डको कुँबुँकास्थलीमा गरेको अभियान । तस्विर प्रज्वल बुढाथोकी ।