घरको ढोका फोरेर चोरी गरि ११ वर्षदेखि फरार सुकाजोरका श्याम कुमार खड्का पक्राउ

| चैत ११, २०७८ शुक्रबार

A A A
A A A

११ चैत,रामेछाप । ११ वर्ष अगाडि घरको ढोका फोरेर चोरी गरि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापले बिहिबार पक्राउ गरेको छ । 

 


पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर बस्ने श्याम कुमार खड्का रहेका छन् । उनले घरको मूलढोका फोरेर चोरी गरेका थिए । 

 

गत २०६७ पुष १९ गते चोरी गरेर १ महिना ४ दिन कैद र नगद ५२ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो । 

 

उनलाई बिहिबार रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर धिपिडाँडाबाट पक्राउ गरी शुक्रबार आज जिल्ला अदालत रामेछापमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।