लिखु तामाकोशीको नागदहमा 'ग्याङ्' बनाएर नाबालकलगाएत तीन जनालाई निर्घात् कुट्पिट् गर्ने ११ जना पक्राउ

| बैशाख १३, २०७८ सोमबार

संकेतिक फोटो
A A A
A A A

१३ वैशाख, मन्थली । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ५ नागदह, चाखर्क भन्ने ठाउँका ग्याङ् (समूह) बनाएर नाबालकसहितलाई ज्यान लिने भन्दै उद्ण्ड मच्चाउने ११ जनालाई प्रहरीले पक्राउ परेको छ । 


पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय आइमान तामाङ, २२ वर्षीय पेम्बा तामाङ, १७ वर्षीय अजय तामाङसहित ११ जना रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । 
उनीहरुले पहिले देखिनै ग्याङ् बनाएर गाउँमा उद्दण्डता देखाउने गरेको प्रहरीले भनेको छ ।

उनीहरुले समूहमै अपराधिक गतिविधि र झै-झगडा गर्ने, कुटपिट गर्ने र आतङ्क मच्चाउदै हिड्ने गरेका थिए । 


पछिल्लो पटक उनीहरुले विवाहबाट आफ्नो घर फर्कदै गरेका नाबालक लगाएत तीन जनालाई घेरा हाली आज यो गाँउको मान्छेलाई हान्नुपर्छ भन्दै लठ्ठीले हानेका थिए ।

कुट्पिट्बाट ज्यान बचाई,हाम्फाली भागेर उनीहरुले ज्यान बचाएका छन् । कुटपिट गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिईएको अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।