एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चका सदस्य घिमिरे एकिकृत समाजवादी प्रवेश

| चैत ११, २०७८ शुक्रबार

A A A
A A A

११ चैत, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापका नेता टंकप्रसाद घिमिरे (एकिकृत समाजवादी एस) पार्टी प्रवेश गरेका छन् ।

 

 

उनी आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट अलग् भएको घोषणा गरेका हुन् । उनी रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका हुन् । 

 

उनी २०५४ सालमा एमालेबाट तत्कालिन हिमगंगा गाविस वडा नं ५ मा वडा सदस्यमा निर्वाचित समेत बनेका थिए । 

 

घिमिरे हाल एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चको सदस्य रहेका थिए ।

 

उनले एमाले स्वच्छाचारी रुपमा प्रतिगमनको मतियार बन्दै जनतालाई धोका दिन तल्लिन रहेको उल्लेख गर्दै पार्टी त्यागेको भनेका छन् ।  

विज्ञप्ति हेर्नुहोस्