बाबियाखर्कको ठूलाघर डाँडामा बन्यो ‘चिटिक मन्दिर’, भोली अनाबरण

| चैत १४, २०७८ सोमबार

तस्विरः बद्रि नयाँघरे ।
A A A
A A A

१४ चैत, रामेछाप । बाबियाखर्कमा भोली मंगलबार नवनिर्मित शिव पांचायन मन्दिर उद्घाटन एवं अनावरण हुने भएको छ । 

 

रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्कमा स्थानीय, अगुवा,अनदाता, भक्तजनहरुको आर्थिक सहयोग तथा सक्रियतामा ४३ लाखको लागतमा निर्माण सम्पन्न भएको मन्दिर उद्घाटनको तयारी भएको स्थानीय तथा अगुवा जानकार बद्रि नयाँघरेले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार मन्दिर निर्माण सम्पन्न भएको र उद्घाटनको तयारी पूरा भएको हो ।

 

ठूलाघर डाँडामा गाउँको धार्मिक तथा पर्यटकिय विकासको लागि मन्दिर निर्माण गरिएको हो ।

 

मन्दिर हाताभित्र शिवजी र पान्चायन देवीदेबताको मूर्ति स्थापना गरी पूजा,अर्चनाको लागि खुल्ला गर्ने तयारी थालिएको हो । 


गाउँमा मन्दिर बनेसंगै गाउँको सुन्दरता थपेको र धार्मिक आस्था राख्नेहरुलाई एक महत्पूर्ण स्थान बनेको मन्दिर उद्घाटन मूल आयोजक समितिका अध्यक्ष शिबप्रसाद घिमिरेले जानकारी दिए ।

 

उनले मन्दिर अनावरणको गर्ने तयारी सकिएको भन्दै उद्घाटनमा सबै भक्तजनहरुलाई उपस्थिति भैदिन समेत अपिल गरे ।