कालिन्चोकमा संचालित केवलकार वैशाख मसान्त सम्म बन्द

| बैशाख १४, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१४ वैशाख, रामेछाप । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल कालिन्चोक मन्दिरस्थित् कुरीमा सञ्चालित केवलकार बन्द भएको छ । जिल्लाको प्रशिद्ध कालिन्चोक भगवती मन्दिर दर्शनका लागी प्रयोग हुँदै आएको केवलकार गत आइतबारबाट बन्द गरिएको हो ।


देशमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको अवस्थामा आन्तरिक पर्यटकको भीडभाड बढेको भन्दै जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिको निर्णय अनुसार केबलकार बन्द गरिएको हो । समितिको निर्णय अनुसार आइतबारबाट केवलकार सेवा बन्द गरिएको कालिन्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए । 

 

पर्यटकिय धार्मिक स्थल कालिन्चोक मन्दिर, दोलखा भीमेश्वर मन्दिर लगाएतका भक्तजनको भीडभाड् हुने मन्दिर, गुम्बा सर्वसाधारण भक्तजनका लागि बन्द गरिएको छ । निर्णयअनुसार बाहिरबाट घुम्न गएका पर्यटकको भीडभाड रोक्न वैशाख मसान्तसम्म केबलकार बन्द गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । 


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार