रामेछापमा कूल १ लाख ७८ हजार ८६७ मतदाताः मन्थलीमा सबैभन्दा धेरै, उमाकुण्डमा कम (सूचीसहित)

| चैत १४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१४ चैत, रामेछाप । निर्वाचन आयोगले आसन्न निर्वाचानको लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । योसंगै रामेछापमा कूल १ लाख ७८ हजार ८ सय ६७ जना मतदाता रहेको आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

 

सार्वजनिक तथ्याङ्क अनुसार रामेछापमा ९१ हजार १ सय ३१ जना पुरुष र ८७ हजार ७ सय ३६ महिला मतदाता रहेको देखाएको छ । जसअनुसार जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा सबै भन्दा धेरै मतदाता रहेका छन् ।

 

यहाँ ३७ हजार २ सय २० मतदाता रहेको तथ्याङ्कमा उल्लेख छ । भने सबै भन्दा कम उमाकुण्ड गाउँपालिकामा रहेका छन् । यहाँ कूल १६ हजार २ सय ४६ मतदाता रहेको  आयोगको तथ्याङ्कमा छ । 

 

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछाप जिल्लाभरी मतदान स्थल ९२ ओटा र मतदान केन्द्र २ सय २३ ओटा रहने निर्वाचन आयोगले सर्वाजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कुन पालिकामा कति मतदाता, मतदान स्थल हेर्नुहोस्