प्रदेश सरकारबाट मन्थली अस्पतालमा ल्याब संचालनको लागि ३४ लाख बजेट बिनियोजन

| चैत १५, २०७८ मंगलबार

A A A
A A A

१५ चैत, रामेछाप । मन्थली अस्पतालमा अब ल्याब संचालनमा आउने भएको छ । 

 

बागमती प्रदेश सरकारमा रामेछापबाट तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, सांसद् रीता माझीले सांसद बिकास कोषबाट पर्ने गरि मन्थली नगरपालिकाद्वरा संचालित् ‘मन्थली अस्पताल’लाई ल्याब संचालको लागि आवश्यक पर्ने मेसिन खरिदको लागि रकम बिनियोजन गर्न पहल गरेका थिए । सोही बजेट प्रदेश सरकारले बिनियोजन गरेको हो । जसअनुसार अस्पताललाई १९ लाख ७५ हजार मेसिन खरिदको लागि र पोर्टेवल अल्त्रसाउण्ड उपकरण खरिदको लागि १४ लाख ८२ हजार रकम छुट्टाएको पत्रमा उल्लेख छ ।  

पत्र, बजेट उल्लेखित ।

त्यस्तै तत्कालिन बागमती प्रदेशका उद्योग, वन मन्त्री एवं सांसद शान्तिप्रसाद पौडेलले सांसद कोषबाटै मन्थली नगरपालिका वडा नं ३ कठजोरमा कुडारे–अर्चले सडक ट्रयाक खन्नको लागि १२ लाख रकम विनयोजन गर्न पहल गरेका थिए सो रकम समेत बिनियोजन गरेको हो। 

 

जसमा प्रदेश सरकारले कूल ४६ लाख ५७ हजार बजेट रामेछापको मन्थली नगरपालिका अन्तर्गत पठाएको हो । जसअनुसार ३४ लाख ५७ हजार मन्थली अस्पतालमा उपकरण खरिदको लागि पठाएको हो ।