डडुवामा २७७ जना एमाले र माओवादीका कार्यकर्ता कांग्रेस प्रवेश

| चैत २०, २०७८ आइतबार

A A A
A A A

२०, चैत, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं १ डडुवामा सयौंको संख्यामा एमाले र माओवादीका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । 

 

आइतबार आज डडुवामा ‘घर घर जाउ, कांग्रेस जिताउ’ अभियान समापन कार्यक्रममा एमाले र माओवादी परित्याग गर्दै दुई सय ७७ जना कांग्रेस प्रवेश गरेको कांग्रेस पार्टी प्रवक्ता नारायण बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनले भने ‘अभियना समापन कार्यक्रमको अवसरमा एमाले र माओवादी परित्याग गर्दै २७७ जना कांग्रेसमा आए, पार्टी सभपाति पूर्णबहादुर तामाङ् ‘कान्छाराम’, उपसभापति नवराज थोक, म प्रवक्ता नारायण बोगटी, पालिका अभियान संयोजकले स्वागत गर्यौं ।’

 

कांग्रेसले गत चैत ९ गतेदेखि पहिलो चरणको ‘घर–घर जाउ, कांग्रेस जिताउ’ अभियान अन्तर्गत जनताको घरदैलोमा रहेको छ । धेरै जोसो वडाहरुमा पहिलो चरणको अभियान सम्पन्न भएको प्रवक्ता बोगटीले जानकारी दिए ।