कमल थापा आज रामेछाप आउदै

| चैत २१, २०७८ सोमबार

कमल थापा ।
A A A
A A A

२१ चैत, रामेछाप । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापा आज रामेछापको सदरमुकाम मन्थली आउने भएका छन् । 

 

पूर्वउपप्रधानमन्त्री समेत रहेका थापा बिहान ११ : ४५ बजेको समयमा मन्थली आइपुग्ने पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय सदस्य चन्द्र माझीले रामेछाप टाइम्सलाई जानकारी दिए ।  

 

उनका अनुसार थापाले जिल्लामा पार्टीको कार्यालय र जिल्ला कार्यसमिति घोषणा गर्ने छन् । साथै पार्टीको एक भेला तथा अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने छन् ।

 

कमल थापासँगै पार्टीका महामन्त्री राजाराम बर्तौला पनि आउने माझीले बताए ।