ओख्रेनीको वडा अध्यक्षमा कांग्रेसले युवालाई चुन्योः राजेश तामाङ्लाई उम्मेद्वार बनाउने निर्णय

| चैत २१, २०७८ सोमबार

राजेश तामाङ्, फाइल फोटो ।
A A A
A A A

२१ चैत, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा नेपाली कांग्रेसले आफ्नो पार्टीको उम्मेद्वार सर्वसहमतिम टुङ्गो लगाएको छ । 

 

आइतबार बसेको वडा कार्यसमितिको बैठकले वडाबाट युवा नेता  राजेश तामाङ्लाई वडा अध्यक्षको उम्मेद्वार बाउने निर्णय गरेको बैठकपछि जारी निर्णयमा उल्लेख गरिएको छ । उनी कार्यकर्तामाझ निकै लोकप्रिय छन् । 

कांग्रेस ओख्रेनीको वडा कार्यसमिति बैठक, तस्विर लालबहादुर तामाङ् ।

त्यस्तै वडाले खुल्ला, दलितसहित सबै पदबाट उठने उम्मेद्वार पनि टुङ्गो लगाएको निर्णयमा लेखिएको छ । जसमा खड्ग बहादुर मगर,शर्मिला बि‍क, गंगाराम तामाङ र सबिना मोक्तानलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । 

 

त्यस्तै कांग्रेसले नगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा उम्मेद्वार बन्नेहरु नाम पनि सिफारिस गरेको छ । 

 

वडा कार्यसमितिले वडाका पार्टी सभापति समेत रहेका तामाङ्लाई अध्यक्ष उठ्ने दिने निर्णय गरेको हो । ओख्रेनीमा ०७४ मा नेकपा एमालेबाट धनबहादुर खड्का निर्वाचित भएका थिए । 

 

वडामा कांग्रेसले एमाले नेतृत्वले काम गर्न नसकेको भन्दै आलोचना गर्दै आएको छ । वडामा भ्रष्टचार बढेको, विकास निर्माणमा पछि परेको, सडक, खानेपानी, कुलो, कृषि क्षेत्रसहिको सम्भावना हुदाँ हुदै पनि काम गर्न नसकेको कांग्रेसको ठहर छ ।