बिहे गर्छु भन्दै महिलासँग ४२ लाख रुपैयाँ ठग्ने साँघुटारका ५२ वर्षीय श्रेष्ठ पक्राउ

| चैत २१, २०७८ सोमबार

तस्विर लोकबहादुर श्रेष्ठ, स्रोत नेपाल प्रहरी फेस्बुक पेज ।
A A A
A A A

२१ चैत, रामेछाप । बिहे गर्छु भन्दै एक महिलासंग ४२ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गर्ने एक जना काठमाण्डौबाट पक्राउ परेका छन् । 

 

 

पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका वडा ३ साँघुटार घर भइ काठमाण्डौ बस्दै आएका ५२ वर्षका लोकबहादुर श्रेष्ठ रहेका छन् ।

 

उनललाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । 

 

श्रेष्ठले महिलालाई विभिन्न बहाना देखाउदै बिहे गर्छु भनेर विश्वास दिलाइ बिरामी परेको बहानामा उपचार खर्च, झारफुक खर्च लगाएतको बहानामा महिलासँग पैसा असुलेको प्रहरीको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।