राखेप सदस्य सचिवमा रामेछापका घिसिङ्लाई काम गर्न बाटो खुल्ला

| चैत २२, २०७८ मंगलबार

टंकलाल घिसिङ, फाइल फोटो।
A A A
A A A

२२ चैत, रामेछाप । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रामेछापका टङ्कलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ ।

 

सर्वोच्च अदालतले राखेपका तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ ।

 

सरकारले आफूलाई नियम विपरीत सदस्य सचिवबाट हटाएको भन्दै सिलवालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । तर आज मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरिदिएको हो । 

 


रिट खारेज भएसँगै अब सरकारले नियुक्त गरेका टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको रूपमा काम गर्न बाटो खुलेको छ ।

 

सरकारले सिलवाललाई हटाएर गएको मङ्सिर १३ गते घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । 

 

उनी रामेछापको सुनापति गाउँपालिकाका हुन् । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार