कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बैशाख ५ गते

| चैत ३०, २०७७ सोमबार

संकेतिक फोटो फाइल
A A A
A A A

चैत ३०,

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी बैशाख ५ गते बस्ने भएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज (सोमबार) बिज्ञप्ती जारी गर्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको र बैशाख ५ गते आइतबार दिउँसो २ बजे बैठक डाकिएको जानकारी दिए । 

वरिष्ठ नेता रामचन्द्र पौडेलका माईला भाई गोविन्दराज पौडेलको निधन भएका कारण कांग्रेसले सोमबारको बैठक स्थगित गरेको हो ।

बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थप्ने तथा नयाँ सत्तासमिकरण लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय गरिएको थियो ।