राष्ट्रिय भूमि आयोग रामेछापको अध्यक्ष गौतम कुमार लामा

| चैत २३, २०७८ बुधबार

A A A
A A A

२३ चैत, रामेछाप । सरकारले रामेछापसहित ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।

 

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई नियुक्त गरेको हो । जसअनुसार रामेछापमा रामेछापकै मन्थली नगरपालिका वडा नं १४ फुलासी साविकको वडा नं ९ का गौतम कुमार लामालाई  नियुक्त गरेको छ । 

 

उनी नेपाली कांग्रेस रामेछापका नेता समेत हुन् । नियुक्त भएका अध्यक्षहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

 

गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । तर, उनीहरूलाई नियुक्त गरेको सूचना ढिलो गरेर राजपत्रमा प्रकाशित गरिएको थियो । 

 

सरकारले अझै ६ जिल्ला समितिको अध्यक्ष नियुक्त गर्न भने बाँकी नै छ ।