विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट, १० लाख बढीको क्षति

| बैशाख १४, २०७८ मंगलबार

संकेतिक फोटो
A A A
A A A

१४ वैशाख, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका २ खार्तम्छामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । सोमबार राति विद्युत सर्ट भएर आगलागी हुँदा स्थानिय भइराज राईको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार टिनको छानो भएको तीन तले घरमा आगलागी हुँदा नगद, अन्नपात, लत्ताकपडा, भाँडावर्तन काठपातलगायतका सामाग्री पूर्ण रुपमा नष्ट हुँदा १० लाख रुपैया बराबरको क्षति भएको छ । 


राति सवा ९ बजेबाट सुरु भएको आगलागी स्थानीयवासी र प्रहरीको सक्रियतामा करिब डेढ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक अम्मर प्रसाद गजमेरले जानकारी दिए । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार