रामेछाप नगरपालिका आजदेखि अन्तिम मत परिणाम घोषणा नहुँदासम्म अत्यावश्यक बाहेक बन्द

| बैशाख २६, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

२६ वैशाख, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नहुँदा सम्मको लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने भएको छ ।  

 


आजदेखि आसन्न वैशाख ३० गते हुन  लागेको निर्वाचनका लागि नगरपालिकाका अधिकांश कर्मचारीहरु खटिई जानुपर्ने भएको र मतदान कार्य सम्पन्न भए पश्चात मतगणना कार्य यस नगरपालिकाको कार्यालय भवनमानै हुने भएकोले सो अवधिमा कार्यालयको काम काज सहज ढंगबाट संचालन गर्न कठिनाई हुने भन्दै सोमबारदेखि अन्तिम मतपरिणाम घोषणा नहुञ्जेल सम्मका लागि यस कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।  

सूचना हेर्नुहोस्